News

प्रचण्ड निवासमा नेपाल र गौतम, के भयो कुराकानी?

प्रचण्ड निवासमा नेपाल र गौतम, के भयो कुराकानी?

काठमाडौंः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच शुक्रबार छलफल भएको छ ।

छलफलमा तीनै जना नेताले पार्टीको निर्णय कार्यान्वयन गर्ने निष्कर्षमा पुगेका छन् । दाहाल निवास खुमलटारमा तीन नेताको बीचमा पछिल्लो छलफल भएको बताइएको छ । नेपाल र गौतम दाहाललाई भेट्न खुमलटार पुगेका हुन् । 

उनीहरुबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको दाहाल सचिवालयले जनाएको छ । नेकपाको पछिल्लो सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्यमा लैजाने निर्णय कार्यान्वयन गर्ने, पार्टी एकताका बाँकी काम टुंगो लगाउने लगायतका विषयमा छलफल भएको बताइको छ । 

गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने पार्टी निर्णयविरुद्ध नै नेताहरु लागेपछि यो विषयमा अब के गर्ने छलफल समेत भएको छ । यो समाचार आजको राजधानी दैनिकबाट लिइएको हो ।

नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’ माधवकुमार नेपाल वामदेव गौतम

विशेष