News

प्रधानमन्त्रीको डिस्चार्ज पछि सुनसान बन्यो अस्पताल

प्रधानमन्त्रीको डिस्चार्ज पछि सुनसान बन्यो अस्पताल

काठमाडौँ । १२ दिनयता बेग्लै चहलपहल देखिएको त्रिवि शिक्षण अस्पतालको माहोल शुक्रवार साँझबाट फेरिएको छ । कारण, प्रधानमन्त्री केपी शर्मा ओलीको डिस्चार्ज । 

शुक्रवार साँझ डिस्चार्ज भएका उनी सोझै बालुवाटार गए । उनलाई बिदा दिएपछि अस्पताल सुनसान जस्तै बन्यो । उनी छँदा खुला रहने सबै ढोकामा ताला लागे । कोही न कोही भेटिइराख्ने अस्पतालका कार्यकारी निर्देशकको बैठक कोठामा पनि ताल्चा मारियो । 

उपचारको नेतृत्व गरेकी प्रा.डा. दिव्या सिंह शाह र प्रा.डा. सुवास आचार्य प्रधानमन्त्रीसँगै बालुवाटार पुगेका थिए । अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गा भने प्रांगणबाटै घरतिर लागे । 

शाह र आचार्यले बुधवार नै प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनलाई राख्ने कोठादेखि भान्सासम्म र क्याबिनेट मिटिङदेखि भेटघाट गर्ने कोठासम्मको सेटअप मिलाएका थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।  
 

प्रधानमन्त्री डिस्चार्ज

विशेष