विदेश

इटलीमा कोरोनाका कारण एकै दिन २५० जनाको ज्यान गयो

इटलीमा कोरोनाका कारण एकै दिन २५० जनाको ज्यान गयो

युरोपेली देश इटलीमा कोरोना भाइरसका कारण एकै दिन २ सय ५० जनाको ज्यान गएको छ । कोरोनाबाट एकै दिनमा ज्यान गुमाउनेको यो संख्या हालसम्मकै धेरै हो ।

कोरोना भाइरस संक्रमण सुरु भएको चीनपछि इटलीमा डरलाग्दो स्थिति रहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ ।

हालसम्म इटलीमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार २ सय ६६ पुगेको छ । संक्रमितको संख्या १७ हजार ६ सय ६० भन्दा बढी छ ।

हालसम्म १ सय २३ वटा देशमा कोरोना भाइरस संक्रमित फेला परेका डब्लूएचओले जनाएको छ । विश्वभर १ लाख ३२ हजार ५ सय ३६ जना संक्रमित छन् भने ४ हजार ९ सय ४७ जनाको ज्यान गइसकेको छ ।

इटली कोरोना भाइरस

विशेष