News

बसले ठक्कर दिँदा स्कुटरमा सवार ल्याब टेक्निसियनको मृत्यु

बसले ठक्कर दिँदा स्कुटरमा सवार ल्याब टेक्निसियनको मृत्यु

चितवनः पूर्व–पश्चिम राजमार्गको पूर्वी चितवनको वीरेन्द्रनगर चोकमा बसको ठक्करबाट स्कुटरमा सवार एक युवकको ज्यान गएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।

प्रदेश नम्बर १ ०१००१ ख ३४६४ नम्बरको बसले गएराति विपरीत दिशाबाट आउँदै गरेको प्रदेश नम्बर ३ ०३०१४ प १४४६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । 

बसको ठक्करबाट गम्भीर घाइते भएका स्कुटर पछाडि बस्ने बाराको परवानीपुर–२ मुसहरी गाउँ निवासी १९ वर्षीय राजिव ठाकुरको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मृतक ठाकुर पुष्पाञ्जली हस्पिटल भरतपुरका ल्याब टेक्निसियन हुन् । स्कुटर चालकको सोही मेडिकल कलेजमा उपचार भइरहेको छ ।

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेको छ । (फाइल फोटो) 

पूर्व–पश्चिम राजमार्ग दुर्घटना ल्याब टेक्निसियन

विशेष