बिल गेट्सद्वारा माईक्रोसफ्ट बोर्डबाट राजीनामा दिने घोषणा
माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सले कम्पनीको बोर्ड बोर्ड अफ डायरेक्टर पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।
परोपकारी गतिविधिहरूमा बढी समय खर्च गर्ने उद्देश्यका साथ उनले कम्पनीको बोर्डबाट बाहिर निस्कने घोषणा गरेका हुन् ।
माइक्रोसफ्टले बिल गेट्सले राजीनामा दिएको औपचारिक घोषणा गरेको छ । विश्वव्यापी स्वास्थ्य र विकास, शिक्षा र जलवायु परिवर्तनको सम्बन्धित कुरामा ध्यान दिन चाहेको बिल गेट्सको भनाई छ।
माइक्रोसफ्टका तर्फबाट भनिएको छ कि गेट्स वैश्विक स्वास्थ्य र शिक्षाका लागि धेरै काम गर्न चाहन्छन् र यसका लागि उनले कम्पनीको जिम्मेबारीबाट मुक्त हुन चाहेका थिए ।
तर उनी माइक्रोसफ्टको सीईओ सत्या नडेलासँग सल्लाहकारका रुपमा काम गर्ने छन् । गेट्सले सन १९७५ मा पल अलेनसँग मिलेर यो कम्पनी निर्माण गरेका थिए र उनी सन २००० सम्म यसका सीईओ थिए । गेट्सको राजीनामापछि कम्पनीको वोर्डमा १२ सदस्य रहेका छन् । –एजेन्सी
बिल गेट्स राजीनामा माईक्रोसफ्ट बोर्ड