News

कोरोनाबारे बुझ्न १११५ मा फोन गर्न सकिने

कोरोनाबारे बुझ्न १११५ मा फोन गर्न सकिने

काठमाडौँ । सरुवा रोग तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) ले कोरोनासम्बन्धी जानकारी दिन १११५ को हटलाईन नम्बर संचालनमा ल्याएको छ ।

इडीसीडीले कोरोना भाइरसको संभाबित संक्रमणलाई मध्यनजर गर्दै इडीसीडी कल सेन्टर स्थापना गरेको हो ।

आफु वा अरु कसैलाइ संक्रमणको शंका लागेमा उद्धार र उपचार एबं सम्बन्धित अस्पताल बारे जो सुकैले पैसा नपर्ने १११५ नम्वरमा फोन गरेर सूचना लिन वा दिन सक्नेछन ।

इडीसीडीले बिश्व स्वास्थ्य संगठनको सहयोगमा कल सेन्टर स्थापना गरेको हो ।।

 

१११५ कोरोना नम्बर

विशेष