News

पूर्वमिस नेपाल उषा खड्गीको ‘डिभोर्स’

पूर्वमिस नेपाल उषा खड्गीको ‘डिभोर्स’

काठमाडौंः पूर्व मिस नेपाल उषा खड्गी र सञ्चारकर्मी जीपी तिमिल्सिनाको वैवाहिक सम्बन्ध ‘डिभोर्स’  को अवस्थामा पुगेको छ ।

उषाले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमार्फत् वैवाहिक सम्बन्ध ‘डिभोर्स’ को अवस्थामा पुगेको जानकारी दिएकी छिन् ।

केही समयदेखि यी दुईको वैवाहिक जीवनमा खटपट परेपछि दुबै डिभोर्सको स्थितीमा पुगेको हल्ला चलेको थियो । अब यसबारे उषा आफैंले मुख खोलेकी हुन् । 

उषाले शनिबार राती फेसबुकमा लेखेकी छिन्, ‘यदि तपाईंले विवाहको १७ वर्षपछि पनि शारीरिक र मानसिक यातना सहनुपर्छ भने यसलाई निरन्तरता दिन कुनै आधार छैन । अब म भन्छु ‘नाईं’ ।’

उनले सबैलाई सहयोग र मायाका लागि धन्यवाद दिँदै लेखेकी छिन्, ‘तपाईंहरुको माया र समर्थनले मलाई बलियो र साहसिलो बनाएको छ । यसैमार्फत् म मेरो र आफ्ना सन्तानको अधिकारका लागि लड्नेछु ।’

उषा र जीपीको एक टेलिभिजन कार्यक्रमका लागि भेट भएको थियो । उनीहरुको चिनजान १९ वर्ष पुरानो हो । यी दुईको अन्तरजातीय विवाह हो । यो जोडीको एक छोरा र एक छोरी छन् ।

डिभोर्स उषा खड्गी जीपी तिमिल्सिना

विशेष