बेलायतमा कोरोनाबाट २४ घण्टामा १० जनाको ज्यान गयो

कोरोना भाइरसको संक्रमणबाट बेलायतमा २४ घण्टामा १० जनाले ज्यान गुमाएका छन् । योसहित बेलायतमा कोरोना माहामारीका कारण ज्यान गुमाउनेको संख्या २१ पुगेको छ ।
मृत्यु हुने सबैको कोरोना संक्रमण हुनुअघि नै स्वास्थ्य अवस्था खराब रहेको बेलायतका स्वास्थ्य विभाग प्रमुखले जनाएका छन् ।
बेलायतमा कोरोना भाइरसबाट संक्रमितहरुको संख्या एक हजार एक सय ४० पुगेको छ । चीनको वहानबाट सुरु भएको सो महामारीले अहिले विश्वव्यापी रुप लिएको छ । –एजेन्सी
कोरोना भाइरस बेलायत