भाउजूको हत्या आरोपमा २ देवर पक्राउ

पाँचथरः आफ्नै भाउजूको हत्या गरेको आरोपमा तेह्रथुममा २ देवर पक्राउ परेका छन् । हत्या आरोपमा जिल्लाको आठराई गाउँपालिका–४, ईवा तीन सल्लेका दुई देवर पक्राउ परेका हुन् ।
२८ वर्षीया बिन्दा पुरीको हत्या गरेको आरोपमा देवरहरु सुरेन्द्र पुरी र बालकृष्ण पुरीलाई बिहीबार प्रहरीले पक्राउ गरेकाे हाे ।
दाइले पठाएको पैसा खर्च गर्न नपाएको भन्दै उनीहरुले भाउजूको हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।
बिन्दाका १० वर्ष र १५ महिनाका दुई छोरा छन् । उनका श्रीमान् वैदेशिक रोजगारीका लागि दुबईमा छन् ।
पाँचथर तेह्रथुम हत्या भाउजू