कोरोना एकीकृत कार्ययोजना बनाउन सातै प्रदेशका मुख्यमन्त्री काठमाडौंमा
काठमाडौंः सरकारले सातै प्रदेशका मुख्यमन्त्रीलाई कोरोनाको बिषयमा छलफल गर्न काठमाडौं बोलाएको छ । नेपालमा समेत कोरोनाभाइरस संक्रमण देखिन सक्ने खतरा बढेसँगै संघीय सरकारले सातै प्रदेशका मुख्यमन्त्रीलाई काठमाडौं बोलाएको हो ।
कोरोनाको सतर्कता अपनाउन र कसरी एकीकृत कार्ययोजना बनाएर जान सकिन्छ छलफल गर्न मुख्यमन्त्रीहरूलाई बोलाइएको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिए ।
नेपाल सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति गठन गरेसँगै सोही समितिले बैठकको आयोजना गरेर मुख्यमन्त्रीहरूलाई काठमाडौं बोलाएको हो । प्रेस सयोजक केसीका अनुसार दिउँसो एक बजे बैठक सिंहदरबारमा बस्नेछ ।
सो बैठकमा प्रदेशसँग सहकार्य गर्ने र कोरोनाको रोकथामको लागि एकीकृत योजना बनाउन बैठक बोलाइएको हो । सो बैठकमा मुख्यमन्त्रीसँगै सबै प्रदेशको सामाजिक विकास मन्त्री सहभागी हुने प्रेस संयोजक केसीले बताए ।
मुख्यमन्त्री कोरोनाभाइरस कोरोना एकीकृत कार्ययोजना