विदेश

स्पेनका प्रधानमन्त्रीकी श्रीमतीलाई कोरोनाको संक्रमण

स्पेनका प्रधानमन्त्रीकी श्रीमतीलाई कोरोनाको संक्रमण

स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजकी श्रीमती बेगोना गोमेजलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । स्पेनी प्रधानमन्त्रीको कार्यालयले यसको जानकारी दिएको हो।

स्पेनमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट १९३ जनाको मृत्यु भएको छ भने ६ हजार २ सय ५० जनामा संक्रमण भएको पुष्टि भएको छ ।

स्पेनी सरकारले संक्रमणलाई ध्यानमा राख्दै देशमा आंशिक लकडाउन सुरु गरेको छ । उसको यो निर्णय प्रमपत्नीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको केही समयपछि आएको हो।

स्पेनले बिहीबार कोरोना भाइरसको रोकथामको पहिलो कदमका रुपमा देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो।

यसैगरी सरकारले आफ्ना नागरिकहरूलाई खाना, औषधि, काममा जान वा अस्पताल र आपतकालिन कामको अवस्थामा बाहेक  घरै बस्न भनेको छ। –एजेन्सी

 

बेगोना गोमेज पेद्रो सान्चेज

विशेष