विदेश

कोरोनाबाट अष्ट्रेलियामा ५ जनाको ज्यान गयो

कोरोनाबाट अष्ट्रेलियामा ५ जनाको ज्यान गयो

विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरसको संक्रमणबाट अष्ट्रेलियामा पाँच जनाको ज्यान गएको छ ।  

शनिबार थप दुई जनाको ज्यान गएको अष्ट्रेलियन स्वास्थ्य विभागले जनाएको छ । ज्यान गुमाउनेमा ९० र ७७ वर्षीय वृद्धा महिला रहेको त्यहाँ स्थित अष्ट्रेलियाको स्वास्थ्य विभागले बताएको छ । यसअघि अगाडि तीन जना ७८, ८२ र ९५ वर्षे पुरुषको मृत्यु भइसकेको छ । 

९० वर्षीय वृद्धा महिलाको डोरोथी केयर गृहमा उपचार गराइरहेको अवस्थामा मृत्यु भएको थियो । ७७ वर्षीय वृद्धा शुक्रबार ब्रिसबेनबाट सिड्नी गएकी थिइन । उनलाई विमान भित्र कोरोनाको लक्षण देखिएपछि उपचार्थ अस्पताल भर्ना गराइएको थियो ।

सोही दिन उनको मृत्यु भएको त्यहाँ स्थित स्वास्थ्य विभागले जनाएको छ । उनलाई पनि कोभिड–१९ को संक्रमित भएको क्वीन्सल्याण्ड हेल्थ केयरका प्रवक्ताले जानकारी दिए । स्वास्थ्य विभागले निकालेको विज्ञप्तिमा ‘मृतकको सम्पर्कमा रहेका व्यक्तिहरुलाई खोजी कार्य जारी छ । यस दुखःद घडीमा परिवार तथा आफन्त जनमा हाम्रो संवेदना छ ।’ –एजेन्सी 

कोरोना भाइरस अष्ट्रेलिया

विशेष