News

कस्तो छ आजको मौसम ?

कस्तो छ आजको मौसम ?

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले सोमबारको मौसम पूर्वानुमान जारी गरेको छ । 

महाशाखाका अनुसार हाल पश्चिमी प्रभावका कारण देशका पहाडी भू-भागमा आंशिक बदली भईरहेको जनाएको छ ।  

त्यसैगरी आज दिउँसो देशका पहाडी भू–भागहरुमा आंशिक बदली हुने र बाँकी भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

त्यस्तै राति पनि देशका पहाडी भेगमा आंशिक बदला हुन सक्ने र अन्य क्षेत्रहरुमा भने मौसम सफा रहने पूर्वानुमानमा उल्लेख गरिएको छ । 


 

मौसम

विशेष