चीनपछि कोरोनाको चपेटामा इटाली: पछिल्लो २४ घन्टामा ३ सय ६८ जनाको ज्यान गयो

एजेन्सी । विश्वभरी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) बाट मृत्यु हुने र नयाँ संक्रमितको संख्या थपिने क्रममा जारी रहेको छ । इटालीमा कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा ३ सय ६८ जनाको मृत्यु भएको छ । जुन हालसम्मकै उच्च हो ।
योसँगै इटलीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ९ पुगेको छ । २४ हजार ७ सय ४७ जनामा सङ्क्रमण भएको छ । २० हजार ६०५ जना उपचार गराइरहेका छन् ।
स्पेनमा ज्यान गुमाउनेको संख्या २ सय ९२ पुगेको छ भने ७ हजार ८ सय ४३ जनामा सङ्क्रमण भएको छ । फ्रान्समा १ सय २७ जनाको ज्यान गएको र ५ हजार ४ सय २३ जना सङ्क्रमित भएका बीबीसीले जनाएको छ । वेलायतमा पनि ३५ जनाको ज्यान जानुको साथै १३ सय ९१ जना सङ्क्रमित भएका छन् ।
जर्मनी, फ्रान्स, स्विजरल्याण्ड, डेनमार्क, पोर्चुगल लगायतका देशमा पनि सङ्क्रमण बढिरहेको छ । युरोपका सबैजसो देशले कडा प्रतिबन्ध सुरु गरेका छन् । मानिसलाई काममा जान, खाना र औषधि किन्न बाहेक हिंडडुल रोकिएको छ । विश्व स्वास्थ्य संगठनले पनि चीनबाट शुरु भएको कोरोना माहामारीको केन्द्र अब युरोप भएको बताएको छ ।
कोरोना इटाली