News

कोरोनाविरुद्ध लड्न सार्क आपतकालीन कोष

कोरोनाविरुद्ध लड्न सार्क आपतकालीन कोष

नयाँदिल्ली । दक्षिण एसियाली सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रहरूले कोभिड–१९ महामारीविरुद्ध लड्न आपत्कालीन कोष घोषणा गरेका छन् । सार्क सदस्य राष्ट्रका सरकार प्रमुख र उच्च प्रतिनिधिबीच आइतबार साँझ भएको भिडियो कन्फरेन्समा एक करोड अमेरिकी डलरको कोष घोषणा गरिएको हो । 

छलफलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोष स्थापनाको प्रस्ताव गरेका थिए। उनले स्वैच्छिक रूपमा योगदान गर्न सकिने र आवश्यकताअनुसार जुनसुकै मुलुकले पनि कोष उपयोग गर्न सक्ने बताएका थिए। उक्त प्रस्तावमा सबै मुलुकले समर्थन जनाएका छन्। कोषको कार्यविधि दूतावासहरूमार्फत विदेश सचिवहरूले टुंगो लगाउनेछन्।

करिब डेढ घण्टा भएको भिडियो छलफलमा कोभिड–१९ महामारी रोकथामका लागि स्वास्थ्यसम्बन्धी सार्कस्तरीय संरचना गठन गर्ने समझदारी पनि भएको छ। सार्क सदस्य राष्ट्रहरूबीच सूचना आदानप्रदान र दीर्घकालीन सहकार्यका लागि क्षेत्रीय संरचना आवश्यकता छलफलमा सहभागी सरकार प्रमुख तथा प्रतिनिधिले औंल्याएका थिए। यो समाचार आजको कान्तिपुर दैनिकमा सुरजराज न्यौपानेले लेखेका छन ।  
 

सार्क कोरोना संक्रमण आपतकालीन कोष

विशेष