News

काठमाडौंको तापक्रम आज दिउँसो २५ डिग्री सेल्सियस पुग्ने

काठमाडौंको तापक्रम आज दिउँसो २५ डिग्री सेल्सियस पुग्ने

काठमाडौंः उपत्यकामा आज दिउँसोको तापक्रम २३ देखि २५ डिग्री सेल्सियससम्म पुग्ने मौसमविदले बताएका छन् । 

पूर्वानुमान महाशाखाका अनुसार उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्री मापन गरिएको छ । अहिले बिहान देशको पहाडी भू–भागको मौसम आंशिक बदली रहेको छ ।

बाँकी भू–भागको मौसम समान्यतयाः सफा रहेको महाशाखाका मौसमविद मिनकुमार अर्यालले जानकारी दिए । आज देशभर कतै पानी पर्ने सम्भावना नरहेको उनले बताए ।

दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतयाः सफा रहने मौसमविद् अर्यालको भनाई छ ।

राति पनि देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकीकि भू–भागमा मौसम सामान्यतयाः सफा रहने पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं तापक्रम मौसमविद

विशेष