News

भगवान शिवको पूजामा किन शंखको प्रयोग गरिँदैन ?

भगवान शिवको पूजामा किन शंखको प्रयोग गरिँदैन ?

संहारकर्ता भगवान शिवको पूजामा किन शंखको प्रयोग गरिंदैन ? यसको पछाडी एक पौराणिक कथा जोडिएको छ । भगवान शिवको पूजामा न त शंखको प्रयोग गरिन्छ न त् शंखबाट जल दिइन्छ। यी कुरा ब्रह्मवैवर्तमा उल्लेख गरिएको पाइन्छ।

एकपटक राधा गोकुलबाट बाहिर गएकी थिइन्, त्यो बेला श्री कृष्ण बिरजा नाम गरेकी साथीसंग शिकार गर्दै थिए । संयोगवश राधा त्यहाँ आइपुगिन र कृष्णलाई बिरजाका साथमा देखेर क्रोधित हुन लागिन। रिसको आवेगमा आएर राधाले कृष्ण र बिरजालाई तथानाम गाली गर्न लागिन। राधाको गाली सहन नसकी बिरजा तत्काल नदि बनेर बगिन। 

कृष्णप्रति राधाको क्रुर बाणी सुनेर सुदामा आवेशमा आए र राधासंग जथाभावी बोल्न थाले। आफु प्रति सुदामाको यस प्रकारको व्यवहार देखेर राधाले सुदामालाई राक्षस भई जन्म लिनुपरोस भन्ने श्राप दिईन। राधाको श्रापले सुदामा शंखचुर नामको राक्षसको रुपमा जन्मिए। 

शिवपुराणमा पनि दम्भका पुत्र शंखचूर भनि उल्लेख गरेको पाइन्छ। शंखचूर आफ्नो शक्तिले ३ लोकको स्वामी बनेर रह्यो र साधु सन्तलाई सताउन थाल्यो। यसबाट आजित भइ भगवान शिवले शंखचूरको बध गरिदिए। उसो त शंखचूर भगवान बिष्णु र माता लक्ष्मीका परम भक्त थिए। यसै कारणले भगवान बिष्णुले शंखचूरको हड्डीबाट शंखको निर्माण गरे।  यसै कारणले गर्दा बिष्णु एवम अन्य देवी देवतालाई शंखद्वारा जल अर्पित गर्ने गरिन्छ।  

तर, भगवान शिवले शंखचूरको बध गरेकाले शिवको पूजामा शंखलाई बर्जित गरिएको छ ।  

 

शिव पूजा शंख

विशेष