विदेश

कोरोनाको संक्रमणबाट मेयरको निधन

कोरोनाको संक्रमणबाट मेयरको निधन

विश्वरभर व्यापकरुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट उत्तरी इटालीको चेने नगरपालिकाका मेयर गोर्जियो भ्यालोटीको मृत्यु भएको भएको छ । इटालीका सञ्चारमाध्यमका अनुसार मेयर भ्यालोटीको शुक्रबार मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि ७० वर्षीय मेयर भ्यालोटीलाई मार्च ७ मा अस्पताल भर्ना गरिएको थियो। फोक्सोमा अत्यधिक संक्रमणका कारण शुक्रबार उनको मृत्यु भएको इटालीका सञ्चारमाध्यमले जनाएका छन् ।

इटालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार ८ सय ९ पुगेको छ । थप ३ हजार ५ सय ९० जनामा संक्रमण देखिएको छ ।

त्यस्तै इटालीपछि बढी प्रभावित रहेको इरानमाथप एक हजार २ सय ९ जनामा संक्रमण देखिएको छ । सोमबार बिहानसम्म इरानमा मृतकको संख्या ७ सय २४ पुगेको छ भने संक्रमितको संख्या १३ हजार ९३८ रहेको छ । 

कोरोना भाइरस गोर्जियो भ्यालोटी चेने नगरपालिका

विशेष