कोरोनाको प्रभाव: वैशाख १८ सम्म विदेशी पर्यटकलाई पदयात्रामा रोक

कोरोनाको प्रभाव: वैशाख १८ सम्म विदेशी पर्यटकलाई पदयात्रामा रोक

काठमाडौँ । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि अध्यागमन विभागले बिदेशी पर्यटकको पदयात्रामा रोक लगाएको छ ।अध्यागमन विभागले चैत २ देखि वैशाख १८ सम्म पदयात्राका लागि अनुमतिपत्र नदिने निर्णय गरेको हो।

उच्चस्तरीय समन्वय समितिले फागुन २८ गतेको निर्णयबमोजिम विदेशीलाई तत्कालका लागि पदयात्रा अनुमति नदिने निर्णय गरेको हो। सन् २०२० को जनवरीदेखि मार्च १३ सम्म ६ सय ८ जनाले पदयात्रा अनुमतिपत्र लिएका थिए।

विदेशी नागरिकले अनुमति लिएर ताप्लेजुङको कञ्चनजंगा, संखुवासभाका भोटखोला र मकालु, सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका, दोलखाका गौरीशंकर र लामाबगर, रसुवाको गोसाइँकुण्ड गाउँपालिका र गोरखाका चुमभ्याली र मनास्लु क्षेत्रका विभिन्न भागको पदयात्रामा जाने गरेका छन्।

कोरोना संक्रमण घटेमा वैशाख १८ पछि अर्को निर्णय गरी पदयात्रा अनुमति दिइने अध्यागमन बिभागको भनाइ छ।

पदयात्रा रोक बिदेशी पर्यटक

संम्बधित खबर

विशेष