News

पशुपतिका चार शिवलिङ्ग व्यक्तिको घरभित्र

पशुपतिका चार शिवलिङ्ग व्यक्तिको घरभित्र

काठमाडौँ। पशुपति क्षेत्रमा रहेका ११ ओटा शिवलिङ्गमध्ये चार वटा शिवलिङ्ग स्थानीय व्यक्तिकाे घरभित्र रहेको पाइएको छ ।

चार वटा शिवलिङ्ग मानिसकाे घरभित्र रहेको भन्दै पशुपति क्षेत्र विकास कोषले संरक्षण गर्न गाह्राे भएको बताएको छ। 

प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गत विश्व सम्पदामा सूचीकृत सांस्कृतिक क्षेत्र अध्ययन तथा अनुगमन समितिको बैठकमा हराएका शिवलिङ्गकाे अनुगमन गर्नेबारे छलफल भएकाे थियाे । 

समितिकी सभापति पवित्रा निरौला खरेलले शिवलिङ्ग व्यक्तिगत घरभित्र रहेको भन्दै पशुपति क्षेत्र विकास कोषले अनुगमन गर्नुपर्ने बताएकी हुन् । शिवलिङ्ग  व्यक्तिको घरभित्र भए पनि  दर्शन गर्ने बाटो खुलाउनुपर्ने उनको भनाइ छ ।  

पशुपतिनाथ शिवलिङ्ग

विशेष