News

कारागारभित्र उच्च स्वास्थ्य सतर्कता: मास्क लगाएर र हात धोएर मात्र कैदीबन्दीसँग भेटघाट

कारागारभित्र उच्च स्वास्थ्य सतर्कता: मास्क लगाएर र हात धोएर मात्र कैदीबन्दीसँग भेटघाट

विरगंज । कोरोनाबाट भित्रिन सक्ने खतरालाई मध्यनजर गरि विरगंज कारागारमा कैदीबन्दी भेटघाटमा उच्च स्वास्थ्य सतर्कता अपनाईएको छ । 

कारागार व्यवस्थापन विभागले वीरगंज कारागारलाई गरेको परिपत्र अनुसार एक जना कैदी बन्दीलाई  परिवारको एक सदस्यले बढीमा १५ मिनेट उच्च स्वास्थ्य सतर्कताका साथ भेटन पाउने व्यवस्था गरिएको छ ।

कैदीबन्दी भेट्न आउने परिवारजनका सदस्यले अनिवार्य रुपमा हात धुनुका साथै मास्क लगाएर आउनु पर्ने तथा कैदीबन्दीले पनि मास्क लगाएर भेटने व्यवस्था मिलाईएको वीरगंज कारागारका प्रमुख श्रवण कुमार पोखरेलले जानकारी दिए । 

भेटन आउने व्यक्ति स्वस्थ्य हुनु पर्ने, ज्वरो, रुघा खोकी लागेको हुन नहुने, कुनै पनि किसिमको खाद्य पदार्थ अर्को सूचना नभईन्जेलका लागि ल्याउन नपाईने व्यवस्था मिलाईएको कारागारका प्रमुख पोखरेलले बताए । 
। 
 

कैदीबन्दी भेटघाट

विशेष