News

ऐतिहासिक भीमसेन मन्दिरका ४ छत्री चोरी

ऐतिहासिक भीमसेन मन्दिरका ४ छत्री चोरी

डोटीः जिल्ला सदरमुकाम सिलगढीमा अवस्थित ऐतिहासिक भीमसेन मन्दिरको चार चाँदीका छत्री चोरी भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले दिपायल सिलगढी नगरपालिका–६ मा रहेको उक्त मन्दिरको ढोका फुटाइ अमूल्य वस्तु चोरी भएको जानकारी दिए । 

उहाँनका अनुसार उक्त मन्दिरबाट ५० तोलाको एक वटा र १० तोला बराबरका तीन गरी ८० तोलाका लाखौँ मूल्य बराबरका छत्री चोरी भएका छन् । भक्तजनले मन्दिरमा चढाएका छत्री चोरी भएको स्थानीय गोविन्द श्रेष्ठले बताए ।

फलामको रड प्रयोग गरी मन्दिरको मूल ढोका र मन्दिरसँगैको सभा हलको ताला चोरी गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

घटनाबारे आवश्यक अनुसन्धान तथा सोधपुछ भइरहेको प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए ।

मन्दिरमा कतिबेला भयो भन्ने यकिन खबर नभए पनि गतशनिबार राति चोरी भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
 

डोटी भीमसेन मन्दिर चाँदीका छत्री

विशेष