विदेश

अमेरिकाद्वारा डीभी रद्द गर्ने निर्णय

अमेरिकाद्वारा डीभी रद्द गर्ने निर्णय

काठमाडौंः नेपालस्थित अमेरिकी राजदूतावासले डाइभर्सिटी भिसा (डीभी) र गैरआप्रवासी भिसा अपोइन्टमेन्ट रद्द गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरसकाे संक्रमणले विश्वव्यापी रूप लिइरहेका बेला दूतावासले मंगलबारबाट लागू हुनेगरी भिसाबारे यस्तो निर्णय लिएको हो ।

भिसा आवेदकहरूका लागि कोभिड–१९ सम्बन्धी सूचना जारी गर्दै नेपालस्थित अमेरिकी राजदूतावासले भनेको छ, ‘२०७६ चैत ४ गतेदेखि लागू हुने गरी काठमाडौंस्थित अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डिभी) तथा गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्टहरू रद्द गरेको छ ।’

डीभी कोरोना भाइरस अमेरिकी राजदूतावास

विशेष