News

दाङमा ५ जनाको समूहद्वारा युवकमाथि खुकुरी प्रहार

दाङमा ५ जनाको समूहद्वारा युवकमाथि खुकुरी प्रहार

घोराईः दाङमा ५ जनाको समूहले खुकुरी प्रहार गर्दा एक युवक घाइते भएका छन् ।

सोमबार राति करिव १ बजेको समयमा तुल्सीपुर उपमहानगरपालिका–५ अस्पताल रोड निवासी २३ वर्षीय हिरा डाँगी ५ जनाको खुकुरी प्रहारबाट घाइते भएका हुन् ।

५ जना युवाको समूहले डाँगीको टाउको र खुट्टामा खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता, डिएसपी सुमित खड्काले जानकारी दिए । 

गम्भीर चोट लागेका डाँगीलाई कोहलपुर अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौं रिफर गरिएको प्रहरी प्रवक्ता खड्काले बताए । खुकुरी प्रहार गर्ने युवाहरुको प्रहरीले खोजी गरिरहेको छ ।  

दाङ खुकुरी प्रहार

विशेष