भीम रावलले गरे विद्यावारिधि
काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेकपाका नेता भीम रावलले विद्यावारिधि (पीएचडी) गरेका छन् । योसँगै रावलको नाम अगाडि डा. थपिएको छ ।
पूर्व उपप्रधान, गृह, रक्षामन्त्री भइसकेका नेकपा स्थायी कमिटि सदस्य रावलले सोमबार विद्यावारिधि गर्न सफल भएका हुन् ।
उनले त्रिभुवन विश्वविद्यालयबाट ‘नेपालमा राजनीतिक हिंसा र माओवादी विद्रोह’ विषयमा विद्यावारिधि गरेका हुन् ।
राष्ट्रवादी नेताको छवि बनाएका रावल सत्तारुढ दल नेकपामा वौद्धिक नेताको शिर्ष स्थानमा पर्छन् ।
भीम रावल विद्यावारिधि