बसबाट ओर्लने क्रममा लडेर महिलाको मृत्यु

दाङ । बसबाट ओर्लने क्रममा लडेर दाङको तुल्सीपुरमा एक महिलाको मृत्यु भएको छ ।
सोमबार बिहान पौने ९ बजे तुलसीपुरबाट मलवारतर्फ जाँदै गरेको ना ४ ख ५४६३ नम्बरको बसबाट ओर्लने क्रममा सोही ठाउँकी ५५ वर्षीया सुशिला वलीको लडेर मृत्यु भएको हो।
दुर्घटनाबाट गम्भीर घाइते भएकी वलीको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पतालमा बिहान ९ बजे मृत्यु भएको हो ।
दुर्घटनामा संलग्न बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मृत्यु बसबाट लडेर