News

१५ वटा मदिरा बनाउने मेसिनसहित १४ जना पक्राउ

१५ वटा मदिरा बनाउने मेसिनसहित १४ जना पक्राउ

जनकपुरधाम । विषाक्त मदिराको सेवनबाट धनुषामा दर्जन बढी मानिसको ज्यान गएपछि सिरहामा प्रहरीले शनिबारदेखि मदिरा नष्ट अभियान थालेको छ ।

अभियानअन्तर्गत शनिबार र आइतबार गरी दुई दिनमा प्रहरीले ३ हजार ४०२ लिटर तयारी मदिरा र ३२ हजार ७८० लिटर कच्चा पदार्थ नष्ट गरेको हो।

त्यसैगरी १३१ थान भाडावर्तन, १५ वटा मदिरा बनाउने मेसिन र १४ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए। 

एसपी चतुर्वेदीका अनुसार घरेलु मदिरा नष्ट गर्न जिल्लाभरिका प्रहरी युनिटलाई गाउँगाउँमा खटाइएको छ । भट्टी भत्काउने, मदिरा नष्ट र संग्लन व्यक्तिलाई नियन्त्रणमा लिने कार्य भइरहेको छ । पक्राउ परेकालाई आन्तरिक राजश्व कार्यालय लहानमा बुझाइएको उनले बताए।

पक्राउ मदिरा मेसिन

विशेष