News

नेपाल आएका ३६ विदेशीलाई विमानस्थलबाटै फिर्ता

नेपाल आएका ३६ विदेशीलाई विमानस्थलबाटै फिर्ता

काठमाडौं: कोरोना भाइरस संक्रमण नभएको पुष्टि गर्ने प्रमाणपत्र नल्याई नेपाल आएका ३६ विदेशीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ । कोरोना भाइरस रोकथामरनियन्त्रण अभियानअन्तर्गत विमानस्थल अध्यागमन कार्यालयले सोमबार उनीहरूलाई फिर्ता पठाएको हो ।

कोरोना भाइरस संक्रमण नभएको पुष्टि गर्ने स्वास्थ्य प्रमाणपत्र नल्याएलाई फर्काउने नीतिअन्तर्गत ३६ विदेशीलाई विमानस्थलबाटै फर्काइएको अध्यागमन कार्यालय प्रमुख सागर आचार्यले जानकारी दिएका छन्। उनका अनुसार फिर्ता पठाइएकोमा नेपाली मूलका बेलायती नागरिक स्वर्णिम गुरुङ समेत छन्।

नेपाल आउने विदेशीले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा ७ दिनको स्वास्थ्य प्रमाणपत्र बुझाउनुर्ने नियम सरकारले बनाएको छ। भिसा र फर्कने टिकट नभएका विदेशीलाई विमानस्थलस्थित ‘डिटेक्सन’कक्षमा राख्ने गरिएको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयबमोजिम गृह मन्त्रालयले अनअराइभल भिसा दिन बन्द गरेको छ। नेपाल आउन चाहने विदेशीले सम्बन्धित मुलुकस्थित नेपाली दूतावासबाटै भिसा लिनुपर्ने नियम लगाइएको छ। यसअघि विदेशीले त्रिभुवन विमानस्थल आएपछि अनअराइभल भिसा लिएर पनि नेपाल प्रवेश गर्ने गरेका थिए। याे खबर अन्नपूर्ण पोस्ट् दैनिकले छापेकाे छ ।

कोरोना भाइरस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विमानस्थल अध्यागमन कार्यालय

विशेष