News

मेलम्ची खानेपानी आयोजना : मुख्य सुरुङमा पठाइयो पानी

मेलम्ची खानेपानी आयोजना : मुख्य सुरुङमा पठाइयो पानी

काठमाडौँ । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरूङको परीक्षण सोमवार गरिएको छ । आयोजनाको मुहान क्षेत्रबाट केही तल रहेको पहिलो अडिटमार्गको सुरूङसम्म पानी हालेर परीक्षण गरिएको हो ।

काठमाडौंतर्फ पानी आउने मुख्य सुरूङको १ किलोमीटर भित्रसम्म प्रतिसेकेन्ड ५०० लीटर पानी पठाएर गरिएको परीक्षण सफल भएको आयोजनाले बताएको छ । आयोजना निर्माणको काम अन्तिम चरणमा पुग्दै गर्दा त्यहाँ भएका विभिन्न संरचनाको परीक्षण भइरहेको आयोजनाले बताएको छ ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले सुरुङ परीक्षण गर्दा कतै पनि समस्या नदेखिएको बताए । ‘अब अन्य अडिटमार्ग पनि हामी परीक्षण गर्छौं,’ उनले भने, ‘हालसम्म आयोजनाको ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।’

आयोजनाको बाँधस्थलदेखि काठमाडौंको सुन्दरीजलसम्म २६ किमी सुरुङ रहेको छ । अब आयोजनामा चारओटा अडिटमार्गमा गेट र सुरुङभित्र भेन्टिलेशनको काम मात्रै बाँकीे छ ।

सुरुङमा पानी राखेर गरिएको परीक्षण सफल भएपछि खानेपानी मन्त्री विना मगरले आउँदो असारमै मेलम्चीको पानी काठमाडौँ आइपुग्ने दाबी गरिन् । यो समाचार आर्थिक अभियान दैनिकबाट लिइएको हो। 

मेलम्ची खानेपानी

विशेष