News

‘व्यवसायीले ग्यास सहज नबनाए सेना र प्रहरी लगाएर वितरण गरिने’

‘व्यवसायीले ग्यास सहज नबनाए सेना र प्रहरी लगाएर वितरण गरिने’

काठमाडौंः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा एलपी ग्यास सहज नबनाए सेना र प्रहरी लगाएर वितरण गरिने बताएका छन् । 

दैनिक मागभन्दा बढी आयात हुँदा पनि बजारमा ग्यास नपाइएको भन्दै उनले ग्यास उद्योगी र नेपाल आयल निगमका प्रतिनिधिलाई सोमबार मन्त्रालयमा बोलाएर उक्त चेतावनी दिएका हुन् । 

सो अवसरमा मन्त्री भट्टले व्यवसायीहरूको नाफा सरकारले तोकिदिएको चर्चा गर्दै सङ्कटको फाइदा उठाएर कालोबजारीको प्रयास नगर्न व्यवसायीहरूलाई आग्रह गरेका छन् । 

उनले भने, ‘मेरो आग्रह छ, अहिले उपभोक्ताको जुनसुकै सिलिन्डर पनि साटिदिनुहोस्, विश्वव्यापी सङ्कटका बेला नाफा, घाटा नहरौँ, राज्यलाई सहयोग गर्नुहोस् अन्यथा हस्तक्षेप हुन्छ ।’ यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।  

लेखराज भट्ट एलपी ग्यास ग्यास सेना–प्रहरी

विशेष