News

एसइई: परीक्षा केन्द्रमा परिक्षार्थीलाई नछुन निर्देशन

एसइई: परीक्षा केन्द्रमा परिक्षार्थीलाई नछुन निर्देशन

काठमाडौँ । यस वर्षको एसइई परीक्षामा कोरोना भाइरसको सम्भावित संक्रमणप्रति उच्च सतर्कता अपनाइने भएको छ।

चैत ६ गते सुरु भई १७ गते सकिने परीक्षामा यस वर्ष ४ लाख ८२ हजार २ सय १९ विद्यार्थी सहभागी हुँदैछन्। उनीहरुका लागि एक हजार नौ सय ९५ परीक्षा केन्द्र तोकिएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको नेतृत्वमा एसइई परीक्षाका केन्द्राध्यक्षलाई सोमबार दिइएको अभिमुखीकरण तालिममा कोरोना संक्रमणको जोखिमबाट बच्न परीक्षा केन्द्रमा आउने परीक्षार्र्थीलाई कसैले पनि नछुन निर्देशन दिइएको छ।

परीक्षार्थीलाई परीक्षा हलमा प्रवेश गर्नुअघि साबुनपानीले हात धुन लगाएर वा सेनिटाइजर प्रयोग गर्न लगाउन पनि केन्द्राध्यक्षलाई निर्देशन दिइएको छ। यो समाचार आजको नागरिक दैनिकमा रुबी रौनियारले लेखेका छन। 

एसइई परीक्षा केन्द्र सतर्कता

विशेष