News

टिपरको ठक्करबाट आमा–छोरीको मृत्यु भएपछि काभ्रेको पनौतीमा झडप

टिपरको ठक्करबाट आमा–छोरीको मृत्यु भएपछि काभ्रेको पनौतीमा झडप

काभ्रेः जिल्लाको पनौतीमा टिपरको ठक्करबाट आमा र छोरीको मृत्युु भएपछि झडप भएको छ । प्रहरी र स्थानीयबीचको झडपमा गोली चल्दा नेपाल प्रहरीका दिलिप बुढाथोकीको देब्रे हातको पातोमा गोली लागेको छ ।

स्थानीय हर्कबहादुर लामा र शरदलाई गोलीको छर्रा लागेको छ ।

झडपमा घाइते भएका दुई जना प्रहरी र तीन जना स्थानीयको शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार गोली कसले चलायो अझै पत्ता लाग्न सकेको छैन । 

पनौतीमा बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिँदा सोमबार खानीखोला गाउँपालिका १ की ३३ वर्षीया जुनीमाया तामाङ र उहाँकी तीन वर्षीया छोरी स्मारिकाको मृत्यु भएको थियो । 

आक्रोशित भिडले प्रहरी बिट जलाएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो । ठक्कर दिने टिपरका चालक रोशी गाउँपालिका–६ का नवराज थापालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।   

टिपर काभ्रे

विशेष