News

माथिल्लो तामाकोशी आयोजनाको प्राविधिक परीक्षण सुरु

माथिल्लो तामाकोशी आयोजनाको प्राविधिक परीक्षण सुरु

काठमाडौँ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनको बाँध, इन्टेक, बालुवा थ्रिगाउने पोखरी, गेट, स्टपलग लगायतका अन्य हेडवक्र्सका संरचनाहरुको सोमबारबाट प्राविधिक परीक्षण गर्न सुरु भएको हो । बिहान साढे ९ बजेबाट प्राविधिक परीक्षणको काम सुरु भएको हो ।

दोलखाको विगु गाउँपालिका वडा नम्बर १ लामाबारमा निर्धाणाधिन जलविद्युत आयोजनमा चैत २२ गते सम्म आयोजनाको जलाशय तथा बालुवा थ्रिगाउने, पोखरीमा पानी भर्ने कार्य सुरु गरिएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिए ।

आयोजनाका प्रवक्ता गणेश न्यौपानेले दुई तिहाई पानी बालुवा थ्रिगाउने पोखरीमा राखिने र एक तिहाई पानी नदीमा छोडिने बताए । बाँधस्थलको लम्बाइ साँढे दुई किलोमिटर, चौडाइ ६० मिटर तथा उचाइ २२ मिटर रहेको उनले बताए । उनी भन्छन करिब १३र१४ क्युवीक मिटर पानी जम्मा गरेर परीक्षणको काम सुरु गरिनेछ । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ। 

माथिल्लो तामाकोशी

विशेष