बुधबार मृगौला प्रत्यारोपण गर्दै प्रधानमन्त्री ओली

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मृगौला प्रत्यारोपण गरिने भएको छ ।
प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालमा नै हुनेछ । यसका लागि उनी सोमबार नै अस्पताल भर्ना हुने छन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आइतबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले आफ्नो उपचार योजनाबारे जानकारी गराएका थिए ।
प्रधानमन्त्री ओलीले यो दोस्रो मृगौला प्रत्यारोपण हुनेछ । यसअघि २०६३ मा प्रत्यारोपण गरिएको थियो ।(फाइल फोटो)
केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल