News

चितुवाको आक्रमणबाट बालिका घाइते

चितुवाको आक्रमणबाट बालिका घाइते

तनहुँ। चितुवाको आक्रमणबाट तनहुँमा एक बालिका घाइते भएकी छिन । 

घरमै बसिरहेको बेला शुक्लागण्डकी नगरपालिका–३ बनकेवाकी नारायण न्यौपानेका २१ महिनाकी छोरी संस्कृति न्यौपानेलाई चितुवाले आक्रमण गरेको हो।

आक्रमणबाट उनको पेटमा सामान्य चोट लागेको छ । घाइते बालिकालाई दुलेगौडास्थित तनहुँ सेवा अस्पतालमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको छ ।

 

चितुवा

विशेष