काठमाडौंको जडिबुटीमा पैदलयात्रुलाई ठक्कर दिएर मोटरसाइकल चालक फरार

काठमाडौंः काठमाडौंको जडिबुटीमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्री गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा खोटाङ घर भएर ललितपुरको ईमाडोल बस्ने ५१ वर्षीय हेम बहादुर राई रहेका छन् । प्रहरीका अनुसार राईको वीर अस्पतालमा उपचार भइरहेको छ ।
गएराति करिब पौने ९ बजे नम्बर नखुलेको मोटरसाइकलले राईलाई जडिबुटी चोकमा ठक्कर दिएको थियो ।
राईलाई ठक्कर दिएर मोटरसाइकलसहित चालक फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
जडिबुटी पैदलयात्री