विदेश

चीनबाट फैलिएकाे कोरोना भाइरसविरुद्धको खोप अमेरिकी महिलामा परीक्षण

चीनबाट फैलिएकाे कोरोना भाइरसविरुद्धको खोप अमेरिकी महिलामा परीक्षण

कोरोना भाइरस विरुद्धको खोपको पहिलो परीक्षण ४३ वर्षीया महिलामा गरिएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार अमेरिकाको सियाटल निवासी जेनिफर हलरलाई कोरोनाविरुद्धको खोप परीक्षण गरिएको हो । 

सो खोप परीक्षणका क्रममा कोरोना भाइरसको कपि गरिएको जेनेटिक कोड उनको शरीरमा पठाइएको र त्यसले उनको शरीरमा कुनै असर नगर्ने बताइएको छ । 

विज्ञहरूले हाल अनुसान्धानका क्रममा यो वा अन्य कुनै पनि भ्याक्सिनले काम गर्छ कि गर्दैन भन्ने थाहा पाउन अझै धेरै महिना लाग्ने बताएका छन् । 

विश्व भरका वैज्ञानिकहरु छिटो तरीकाबाट कोरोना विरुद्धको खोप अनुसन्धानमा जुटेका छन् । अमेरिकाको नेशनल इन्टिच्यूट अफ हेल्थको आर्थिक सहयोगमा यो पहिलो मानवमा गरिएको परीक्षण हो । सामान्यतया यस्ता परीक्षणहरू जनावरमा गरिने गरिन्थ्यो । 

कोरोना भाइरस खोप परीक्षण

विशेष