News

चाणक्य नीति: यस्ता व्यक्तिसँगको सम्बन्ध सकेसम्म त्यागेकै राम्रो

चाणक्य नीति: यस्ता व्यक्तिसँगको सम्बन्ध सकेसम्म त्यागेकै राम्रो

आचार्य चाणक्य, जसको निती र ज्ञानले मनुष्यको जीवनलाई सफल बनाउनमा सहायक सिद्ध हुन्छ। चाणक्यले अर्थाशाश्त्र, राजनीति र अर्थनीति जस्ता महान ग्रन्थका रचना गरेका छन। साथमा उनि एक महान कूटनीतिज्ञ पनि हुन्। उनले आफ्नो नीतिले नंदवंशको अन्त्य गरि मौर्यवंश स्थापना गरि चंद्रगुप्त मौर्यलाई गद्धीमा बसाएका थिए। भनिन्छ, चाणक्यको नीतिलाई अपनाएर जीवनका हर समस्याको समाधान गर्न सकिन्छ। 

आचार्य चाणक्य अनुसार जन्नुहोस कस्तो सम्बन्धलाई त्याग्नु आवश्यक छ 

-चाणक्य नीति अनुसार यस्तो धर्मको पालना गर्नु कष्टदायी छ जहाँ दयाको कुनै स्थान रहँदैन। जुन धर्मले अरुको दया र सम्मान गर्न सिकाउदैन त्यसको पलानाले आपसी सौहार्दमा कमि आउछ, त्यसैले यस्तो धर्मलाई सकेसम्म त्याग गर्नु नै उपयुक्त हुन्छ।  

-चाणक्यका अनुसार गुरु त्यो हो जोसँग ज्ञानको असिम सागर छ। जसको बोली र व्यवहार दुईथरिको हुन्छ त्यस्ता गुरुलाई परित्याग गर्नु नै राम्रो हुन्छ।  

-यस्तो पत्नी जसको मुखबाट हर समय क्रोध र अपशब्द निस्कन्छ, र हरेक समय घरमा कोलाहल मच्चाउन महीर हुन्छन त्यस्ता पत्नीलाई त्याग गर्नुपर्छ। किनकी यस्ता पत्नीले आफ्ना साथै घरको प्रगतिमा पनि बाधा पुर्याउछिन।   

-यस्ता पति जो रिसाहा छन र रुखो स्वरमा कुरा गर्छन, बालबच्चाको भविश्यलाई प्राथमिकता दिंदैनन त्यस्ता पतिलाई छोड्नु नै उपयुक्त हुन्छ। ताकी आफ्नो बच्चा र जिन्दगीलाई रोमान्चक बनाउन सकियोस। 

-हरेक मानिस कुनै न कुनै सम्बन्धमा बाँधिएका हुन्छन। जसलाई नातेदार भनिन्छ। यी नातेदारमाथि हामी  आफ्नी धन र समय दुवै खर्च गर्छौं। तर उनीहरुमध्ये हामीलाई त्यस्तो व्यक्तिको बारेमा जानकारी हुनुपर्छ जसले हाम्रो बिशेष ख्याल राख्छ। यस्तो सम्बन्धलाई महत्व दिनु पर्छ जसले दुखको घडीमा पनि भरपुर साथ दिन सकोस। तर यस्तो सम्बन्धलाई तोड्नु जरुरी छ जहा मायाको कुनै स्थान रहँदैन। 

 

 

चाणक्य नीति

विशेष