News

काभ्रेको पनौतीमा अनिश्चितकालीन कर्फ्यू

काभ्रेको पनौतीमा अनिश्चितकालीन कर्फ्यू

काठमाडौंः जिल्ला प्रहरी कार्यालय काभ्रेले पनौती आसपासको क्षेत्रमा कर्फ्यू जारी गरेको छ । 

टिपरको ठक्करबाट सोमवार पनौतीमा आमा–छोरीको मृत्यु भएपछि दोषीमाथि कडा कारवाहीको माग गर्दै प्रदर्शनकारीले गरेको प्रदर्शनले उग्ररुप लिन थालेपछि त्यसआसपासको क्षेत्रमा कर्फ्यू जारी गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रवी पौडेलले अर्को आदेश नभएसम्मको लागि कर्फ्यू जारी गरिएको जानकारी दिए ।

प्रदर्शनकारीले सोमबार साँझ प्रहरीको पोष्टमा आगजनीसमेत गरेका थिए । टिपरको ठक्करबाट जुनीमाया गोले र स्मारिका तामाङको सोमवार मृत्यु भएको थियो । 

कर्फ्यू जिल्ला प्रहरी कार्यालय काभ्रे पनौती

विशेष