News

विश्‍वमै दुर्लभ ‘लोभीपापी’ गरुड नेपालमा भेटियो

विश्‍वमै दुर्लभ ‘लोभीपापी’ गरुड नेपालमा भेटियो

जाजरकोटः विश्वमै दुर्लभ मानिएको लोभीपापी गरुड जाजरकोट र सुर्खेतमा भेटिएका छन् । जाजरकोटको बारेकोट र सुर्खेतको काक्रेविहार क्षेत्रको गोरे खागल भन्नेस्थानमा पाँच जोडी लोभीपापी गरुड भेटिएका हुन् । 

पंक्षी संरक्षण संघका केन्द्रीय सदस्य गोविन्दबहादुर सिंहका अनुसार जैविक विविधता तथा विश्वमा दुर्लभ धेरै वन्यजन्तु पंक्षी भएको कर्णाली प्रदेशको राजधानी सुर्खेत र जाजरकोटमा लोभीपापी गरुड फेला परेका हुन् ।  

यो दुलर्भ पंक्षीको शरीर कालो रंगको, घाँटीमा भुवादार कपाल, लामो रातो खैरो चुच्चो, सेतो छाती, खुट्टा रातो लामा, सिम ओसिलो भएको ठाउँमा पाइन्छ । समुन्द्र सतह तीस सयदेखि १४ सय मिटर जाजरकोट बारेकोट गाउँ पालिकाको सिमसार ठाउँसम्म देखिएकोछ ।

हाल जाजरकोटको बारेकोट, सुर्खेतको सिम्ता र बाँकेको चिसापानी क्षेत्रमा गुँडसहित गरुड फेला परेको सिंहले बताए ।  

लोभीपापी गरुड

विशेष