कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ७ हजार नाघ्यो

एजेन्सी। कोरोना भाइरसको संक्रमणका कारण विश्वभरबाट ७ हजार १ सय ७१ व्यक्तिको मृत्यु भएको छ । भने १ लाख ८२ हजार ६ सय ५ जना संक्रमित भएको मध्ये ७९ हजार ८ सय ८१ जनाको सफल उपचार भएको छ ।
९५ हजार ५ सय ५३ जना उपचारकै क्रममा छन् । तिमध्ये ६ हजार १ सय ६३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । पछिल्लो समय कोरोनाको उद्गम मानिएको चीनभन्दा बाहिर अर्थात् युरोप क्षेत्रमा यसको संक्रमण व्यापक बनिरहेको छ ।
इटलीमा मृतकको संख्या २ हजार १ सय ५८ पुगेको छ । स्पेनमा ३ सय ४२ जनाको मृत्यु भएको छ । फ्रान्समा १ सय ४८, स्विजरल्यान्डमा १९, बेलायतमा ५५, नेदरल्यान्डस्मा २४, अमेरिकामा ९१ जनाको मृत्यु भएको छ ।
त्यसैगरी इरानमा ८ सय ५३, दक्षिण कोरियामा ८१ जनाको मृत्यु भइसकेको छ ।
कोरोना भाइरस मृत्यु