प्रधानमन्त्रीको पीडामा सचिवालयको नूनचुक

प्रधानमन्त्रीको पीडामा सचिवालयको नूनचुक

‘मैले भनेकै हो, अस्पतालमै ठीक छ, यहाँ नआएको भए हुन्थ्यो..!’ प्रमपत्नी राधिका शाक्य आइतबार बालुवाटारमा निकटस्थहरुसंग गुनासो गर्दै हुनुहुन्थ्यो । प्रधानमन्त्रीको सुस्वास्थ्य र दीर्घायुप्रतिको चिन्ता र चाहना स्वयं उहाँ र परिवारलाई त हुने नै भयो तर बालुवाटारको सचिवालय  उति चिन्तित भएजस्तो बुझिँदैन, स्वयं प्रमपत्नीको असन्तुष्टिबाट पनि । शुक्रबार साँझ उहाँ सिंहदरबार जाने कार्यक्रम तय भयो । चिकित्सकहरु हुँदैन हुँदैन भन्दै थिए । तर, सचिवालयका अधिकारीहरु यति सेन्सिटिभ कुरामा रोक्न नमिल्ने भनी जिद्दी गर्दै थिए । त्यसमाथि प्रधानमन्त्री आफैंले मुख खोल्नुभयो– ‘म अस्पताल भएको भए एउटा कुरा अब डिस्चार्ज भइहालें जान्छु ।’ 

यसपछि निजी चिकित्सक डा. दिव्यासिंह शाहले शर्त राखिन– ‘उहाँ सिंहदरबार पुग्नुअघि सेनिटाइजर स्प्रे छरियोस् । इन्फेक्सनका अरु सबै खतराबारे  पूर्व सचेतता अपनाइयोस् । उहाँलाई सोधियो– ‘के प्रधानमन्त्रीज्यू यहाँहरुको सल्लाह विपरीत हिँडडुल गर्दै हुनुहुन्छ ?’ उनले भनिन– ‘उहाँको घाउ निको हुन बाँकी छ । घाउ निको नहुन्जेल कतै निस्कनु हुन्न ।’ तर आइतबार कसरी सिंहदरबार जाने अनुमति भयो त ? भन्ने जिज्ञासामा भनिन– ‘त्यो एकदमै इम्पोर्टेन्ट काम थियो । हामीले छलफल गरेरै पूर्वसचेतता अपनाउने गरी पठाएका हौं । त्यसबाहेक अरुतिर जान मेडिकल्ली अलाउड छैन ।’

शुक्रबार अस्पतालबाट डिस्चार्ज हुनुअघि र आइतबार फलोअपमा गएका बेला पनि प्रमपत्नी अस्पतालमै आराम गराउन उचित हुने भन्दै हुनुहुन्थ्यो । राधिकाको कुरामा डा. दिव्यासहितका सबै चिकित्सक सहमत थिए । तर, प्रमको सचिवालय हेर्ने मानिसहरु भन्दै थिए– ‘यहाँ जति धेरै राख्यो, उहाँका बारेमा चाहिने नचाहिने हल्लाले हाम्रो टाउको खान्छ । त्यसैले लैजाऔं बालुवाटारमै पुरै आराम गराएर राखौं । डाक्टरसाबहरुको टीम पनि उतै जाऔं ।’

त्यसो भन्दा पनि राधिका मुन्टो हल्लाएर अस्वीकार गर्दै हुनुहुन्थ्यो । तर, स्वयं प्रमले ‘हुन्छ नि त’ भनिदिएपछि  डाक्टरहरुलाई आपत । प्रमपत्नीले अस्पतालमै राख्न चाहनुभएको कुरा त डा. दिव्यासिंहले पत्रकार सम्मेलनमै सुनाइन पनि । सोमबार साँझ ७ बजे प्रधानमन्त्रीलाई भेटन कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई र स्वास्थ्यमन्त्री भानुभक्त ढकालसंगै पुगेका थिए । भर्खरै दुईवटा भेटघाट सकेर प्रधानमन्त्री एकजना स्वास्थ्य परिचारिकाको निगरानीमा ओछ्यानमा पल्नुभएको थियो । भानुले मास्क निकालेर परैबाट सोधे– ‘हामीलाई चिन्नुभो ?’ प्रधानमन्त्रीले मुस्कुराउँदै भन्नुभयो– ‘ म तपाईंहरुलाई चिन्दिन त...’

चिकित्सकहरुका अनुसार प्रधानमन्त्रीका लागि कम्तिमा तीन महिना पूरै आरामको जरुरी छ । त्यसमाथि घाउ नओभाउन्जेलको अवधी सबभन्दा बढी संवेदनशील हुन्छ । जनआस्था साभार ।

राधिका शाक्य डा. दिव्यासिंह शाह

संम्बधित खबर

विशेष