२५ जना भन्दा बढी भेला हुन नपाइने, ५५ देशबाट नेपाल आउन रोक
कोरोना भाईरस संक्रमणको जोखिम बढ्न नदिन सरकारले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी मानिस भेला हुन नपाइने निर्णय गरेको छ ।
कोरोना भाईरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले पार्टी प्यालेस, साँस्कृतिक कार्यक्रम, मठमन्दिरका धार्मिक कार्यक्रम लगायतमा प्रतिबन्ध लगाउँदै २५ जनाभन्दा बढी एकै ठाउँ बस्न नपाइने निर्णय गरेको हो ।
यस्तै, धेरै भीडभाड हुने स्थल फिल्म हल, जिम हल, नाइट क्लब, डान्सबार पनि बन्द गर्ने निर्णय गरिएको छ ।
यो व्यवस्था बैशाख १८ गते अर्थात अप्रिल ३० तारिखसम्म कायम रहने पनि समितिले जनाएको छ ।
समितिले अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन पनि सर्वसाधारणलाई आग्रह गरेको छ भने कोरोना भाईरसबारे अफवाह फैलाउनेहरुमाथि सख्त कारबाही गर्ने चेतावनी पनि दिएको छ ।
यस्तै, इरान, टर्की, मलेसिया, जापान, दक्षिण कोरिया र यूरोपका कुनै पनि मुलुकबाट नेपाल आउन रोक लगाईएको छ ।