News

प्रधानमन्त्री ओलीलाई कसले दिदैँछ मृगाैला?

प्रधानमन्त्री ओलीलाई कसले दिदैँछ मृगाैला?

१८ फागुन,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कसले दिदैँछ मृगाैला सबैकाे लागि चासाेकाे विषय बनेकाे छ। बालुवाटार स्राेतकाे अनुसार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्नका लागि नातिनीसँग ‘म्याच’ भएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल स्रोतका अनुसार नातिनीको मिर्गौलासँग म्याच गरेपछि उनी तयार भएकी हुन् । प्रधानमन्त्री ओलीका नजिकका आफन्ततर्फकी नातिनीको नाम गोप्य राखिएको छ । उनी पहिलेदेखिनै प्रधानमन्त्री ओलीको सान्निध्यमा रहेकी थिइन् । ओलीलाई मिर्गौला दिनका लागि धेरैले इच्छा जाहेर गरे पनि नातिनीसँग म्याच भएको हो ।

ओलीको पहिलो मिर्गौला प्रत्यारोपण १३ वर्षअघि दिल्लीमा भएको थियो । पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा बुहारी अन्जनासँग म्याच भएको थियो । मिर्गौला प्रत्यारोपणका लागि अमेरिका लैजाने हल्ला समेत चलेका बेला प्रधानमन्त्रीले भने देशभित्रै उपचार गराउन चाहेको बालुवाटार स्रोतले जनाएको छ । नेपालका सरकारी अस्पताल र चिकित्सकप्रति भरोसा बढाउन पनि प्रधानमन्त्रीले शिक्षण अस्पताल रोजेको स्रोतको भनाइ छ ।

पछिल्लो समय उनले नियमित स्वास्थ्य परीक्षण पनि शिक्षण अस्पतालमै गराउँदै आएका छन् भने एपेन्डिसाइटिसको शल्य क्रिय समेत सोही अस्पतालमा सफल भएको थियो ।

‘प्रधानमन्त्रीको मिर्गौला पुनः प्रत्यारोपणको कुरा आएपछि धेरै कार्यकर्ता र सर्वसाधारणले ओलीका लागि होइन मुलुकको भोलिका लागि म मेरो मिर्गौला दिन्छु भनेर आग्रह गरेका थिए’ स्रोतले भन्यो ‘तर नातिनीलेनै दिने भनेपछि उनकै म्याच भयो ।’

विशेष