फेसबुकले घर-घरमा निम्त्याएको फसाद
फेसबुकले बिगारेका महिला शहरिया र शिक्षित मात्र छैनन, गाउँ बस्ने अशिक्षितहरु पनि यसको फन्दामा परेर न्याय माग्दै काठमाडौँ पुग्नु पर्ने अवस्था आउँदै छ।
गत साता नयाँ बसपार्कस्थित प्रहरी प्रभागमा बाग्लुङका खड्गबहादुर मगर पुगे, त्यहि पनि पत्नी र सासुसहित। खड्गबहादुर बाग्लुङको दुर्गम सडकमा बोलेरो चलाउने ड्राइभर हुन्। पत्नीसहित बाग्लुङमा डेरा गरेर बस्छन।दुर्गमको काम त्यसैले सधै घर पुग्न भ्याउदैनन्। बरु गएको बेला कमाएको पैसा पत्नी कमला (नाम परिवर्तन) लाई दिन्थे र काममा फर्किन्थे।
कमला फेसबुक चलाउने यसै क्रममा एउटा फ्रेन्ड रिक्वेस्ट आयो जनक केसीको। एक्सेप्ट गरिन, अनि म्यासेन्जरमा कुरा हुन थाल्यो। जनकले सोधे, तपाईको परिचय पाउन सक्छु ? कमलाले जवाफ फ़र्काईन, यस आइ एम कमला। कमलाले सोधिन तपाई को हो ? जवाफ आयो, डाक्टर काम गर्छु लन्डनमा। फेरी कमलालाई जनकले परिचय सोधे, भनिन बुढो लाहुरे हो काठमाडौँमा बस्छ।
यसरी लाहुरेकी पत्नी र लण्डनको डाक्टरबीच ६ महिनासम्म फेसबुकमा प्यार चल्यो। जनकले विभिन्न प्रलोभन देखाई कमलासंग पैसा माग्न थाले। सुरुमा आनाकानी गरिन। लाहुरेकी बुढी भन्ने प्रमाणित गर्नुछ त्यसैले पैसाको लोभ गर्नु भएको छैन। पछि पछि १० हजार २० हजार गरेर पैसा पठाउन थालिन। करिब डेढ बर्षपछि खड्गबहादुरले पत्नीसँग आफुले केहि महिना अघि राख्न दिएको साढे २ लाख रुपैंया मागे। पैसा जनकलाई दिईसकेको छ।
जनकले भर्खरै लण्डनबाट काठमाडौँ आएको छु भन्दै एउटा मोबाईल नम्बर पनि दिएको छ। तर, चाहिएको बेला भने सम्पर्क हुन्न। अब, कमला धर्मसंकटमा परिन। छरछिमेकसंग सापट मग्न थालिन। ड्राइभरकी पत्नीलाई एकमुष्ट साढे २ लाख रुपैंया कसले पत्याओस। ? उनले पैसा पाईनन। बरु, खड्गबहादुरलाई कसैले सुनायो 'तेरी बुढी साढे २ लाख सापटी माग्दै हिँडेकी छ ' आनो खड्गबहादुरले पत्नीसँग पैसा मागेको बारे सोधे, उनले नढाटिकन सबै कुरा सुनाईन। सुन्नेबित्तिकै खड्गबहादुरले एक चड्कन हाने।
सासुसँग सल्लाह गरे केटो काठमाडौँमा छ भने उतै गएर पुलिस केस गरौँ भन्ने सल्लाह भयो। एक हप्तापछि खड्गबहादुर पत्नी र सासुसहित नयाँ बसपार्कस्थित प्रहरीमा पुगे। प्रहरीले कमलाकै फेसबुक म्यासेन्जरबाट जनकलाई सम्पर्क गर्न लगायो। म पनि काठमाडौँ आएको छु। गोंगबुको होटलमा बसेको छु, आज हामी संगै बस्ने है' भनेर म्यासेज गयो। तर, भन्ने बित्तिकै जनकको म्यासेज आएन। त्यसपछि कमलाले सिम्बत जनकले दिएको नम्बरमा कल गरिन। दुई घण्टासम्म विभिन्न बहाना बनाउ दै जनक आएनन। प्रहरीले कमललाई फोन गर्न लगाईरह्यो। र, साँझपख जनक बसपार्क प्रहरी बिट नजिकैको होटलमा पुगे।
दुईबर्षदेखिको फेसबुकको सम्पर्क, पोसको लेनदेन पनि भएको, तर केटा केटिको भेट नभएको। त्यहि भेटमा दुबैले छाल पाए, कमला सुमो ड्राइभर खड्गबहादुरकी श्रीमती, जनक चाँही नाम ढाँटेर फेसबुक चलाउने, बाग्लुङ ब्यारेकमा कार्यरत सेनको जवान ! जनकले कमलाबाट लिएको साँढे २ लाख रुपैंयामा एक लाख थपेर पल्सर ट्वान्टी बाइक किनेका रहेछन।
साथी, भाई र आफन्तसँग सरसापट गरेर भोलिपल्ट बिहानै पैसा फिर्ता गरिदिए। खड्गबहादुरले पत्नीलाई सासुको जिम्मा लगाए। र भने, तपाईकी छोरी तपाई नै लैजानुस, मलाई चहिएन .....! यति भने खड्गबहादुर साढे २ लाख लिएर बाटो लागे। यो समाचार जनआस्था साप्ताहिकबाट लिईएको हो।