News

खाना बनाउने निहुँमा श्रीमतीको हत्या

खाना बनाउने निहुँमा श्रीमतीको हत्या

भक्तपुर। भक्तपुरको सूर्यविनायक नगरपालिका–९, नंखेलमा राजन ब्यान्जूले आफ्नै श्रीमतीको हत्या गरेको खुलेको छ ।

गत फागुन ३० गते दिउँसो ३२ वर्षीया पवित्रा ब्यान्जूको शरीरमा नीलडाम र नाकबाट रगत बगेको अवस्थामा घरमै शव फेला परेको थियो ।प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा पवित्राको हत्या श्रीमान् राजनले नै गरेको खुलेको जनाएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दिपक गिरीका अनुसार राजन र पवित्राले एकैसाथ बसेर सुरुमा मादक पदार्थ सेवन गरेका थिए । पछि कसले खाना पकाउने र खाने भन्ने विषयमा विवाद हुँदा राजनले ब्यान्जूलाई लात्ती, मुक्का र दाउरा समेतले कुटपिट गरेको सोधपुछका क्रममा स्वीकार गरेका छन् ।

राजनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको र मृतकका दाजु प्रेमबहादुर घर्तीको किटानी जोहरीपछि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान समेत अघि बढाइएको डिएसपी गिरीले जानकारी दिए ।

हत्या श्रीमती

विशेष