News

बुधबार: यी उपाय अपनाउनाले मिल्नेछ नसोचेको लाभ

बुधबार: यी उपाय अपनाउनाले मिल्नेछ नसोचेको लाभ

हिन्दु धर्म संस्कृतिमा बताईए अनुसार प्रत्येक दिन प्रत्येक भगवानका लागि खास हुने गर्छ। महत्वको हिसाबले पनि प्रत्येक दिन उतिकै महत्वपुर्ण मानिन्छ।  आज बुधवार हिन्दु ग्रन्थमा उल्लेख भए अनुसार बुधवारको सम्बन्ध बुध ग्रहसंग हुने गर्छ त्यस्तै आज बिघ्नाकर्ता गणेश भगवानको पनि पुजा आराधना गर्ने गरिन्छ।  भनिन्छ, भगवान गणेशको पुजा आराधना नगरेसम्म कुनै पनि पुजा सम्पन्न हुदैन।  गणेश भगवानलाई जति खुसि पार्न सकियो उति नै जिवनमा खुसियाली छाउने मान्यता रही आएको छ।  

बुधवारको दिन 'गं हं क्लौं ग्लौं उच्छिष्टगणेशाय महायक्षायायं बलिः' मन्त्र जप गर्नाले पनि जीवनका सारा दुख कष्ट नाश भई व्यक्तिगत एवम आर्थिक स्थिति पनि मजबुत भएर जान्छ।   

यसै क्रममा आज हामी भगवान गणेशलाई खुसि पार्ने केहि उपायका बारेमा कुरा गर्न जादै छौं, आउनुहोस 

बुधवारको दिन अवश्य गर्नुहोस यी काम 

- घरमा सेतो रङको गणेशको प्रतिमा स्थापना गर्नाले तान्त्रिक शक्तिबाट छुटकारा पाउन सकिन्छ।  

- धन प्राप्तिका लागि आजको दिन भगवान गणेशलाई गाईको घ्यु र लड्डु चढाउनाले आर्थिक समस्याबाट छुटकारा पाउन सकिन्छ।  

- पारिवारिक कलह र क्लेश अन्त्य गर्नका लागि घरमा गणेशको मुर्ति स्थापना गरि दिनहु दुबो चढाई बिधि बिधानका साथमा पुजा गर्नाले  पारिवारिक कलह अन्त्य हुन्छ।  

- घरको मुलद्वारमा गणेशको मुर्ति स्थापना गर्नाले नकारात्मक शक्ति प्रवेश गर्न पाउदैन।  

बुधबार भगवान गणेश

विशेष