विदेश

कोरोनासँग लड्ने उचित सुझाव दिनेलाई १ लाख पुरस्कार दिने मोदीको घोषणा

कोरोनासँग लड्ने उचित सुझाव दिनेलाई १ लाख पुरस्कार दिने मोदीको घोषणा

एजेन्सी। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरससँग लड्न उचित सुझाव दिनेलाई नगद पुरस्कारको घोषणा गरेका छन्। 

प्रधानमन्त्री मोदीले ट्विट गर्दै यस्तो घोषणा गरेका हुन्। उनले कोरोनाभाइरससँग लड्ने उचित र राम्रा सुझाव दिनेलाई भारु १.७५ लाख रुपैयाँ नगद पुरस्कार दिइने बताएका छन्।

‘धरै मानिस कोभिड–१९ का लागि टेक्नोलोजीका माध्यमबाट समाधान विषयमा रायसुझाव पेस गरिरहेका छन्। म @mygovindia मा आफ्नो सुझाव राख्न अपिल गर्छु’, ट्विट गर्दै उनले भनेका छन्, ‘तपाइँको प्रयास हामी कोरोनाभाइरसबाट बच्न निकै मद्दत पुर्याउनेछ।’

माई गभर्मेन्ट इन्डियाको ट्विटर @mygovindia को पेसमा दिइएको यो च्यालेन्जमा स्थानीय रुपमा कोरोनाभाइरस रोकथामका लागि देशका नागरिकलाई सही जानकारी उपलब्ध गराउन अपिल गरिएको छ।

भारतीय प्रधानमन्त्रीले सुरु गरेको यो प्रयास निकै प्रशंसनीय छ। नेपालमा सरकार र जनताबाट यस्ता अभियान सुरु हुनुपर्ने आवाज उठिरहेका छन्। 

नरेन्द्र मोदी कोरोना सुझाव पुरस्कार

विशेष