अमेरिकाको ५० वटै राज्यमा फैलियो कोरोना, ११४ जनाको मृत्यु

चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण अमेरिकाको ५० वटै राज्यमा फैलिएको पुष्टि भएको छ।
वेस्ट भर्जिनियामा पनि मंगलबार पहिलो पटक संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ। कोरोनाका कारण अमेरिकामा अहिलेसम्म ११४ जनाको मृत्यु भईसकेको छ । त्यस्तै ६ हजार ४९६ मा संक्रमण पुष्टि भएको छ।
कोरोनाकै कारण हालसम्म विश्वभरका ८ हजार बराबरको ज्यान गईसकेको छ भने २ लाख भन्दा बढी संक्रमित भेटिएका छन।
अमेरिका कोरोना भाइरस