राष्ट्रियसभा अध्यक्षलाई सभामुखको जवाफ– ‘मलाई मर्यादा नसिकाउनुस्’ 

राष्ट्रियसभा अध्यक्षलाई सभामुखको जवाफ– ‘मलाई मर्यादा नसिकाउनुस्’ 

पार्टी मिल्यो, नाम, झण्डा र संसदमा बस्ने लहरसम्म मिलेको छ । तर, मान्छेहरुको मन अझै मिलेको रहेनछ, जुन दृश्य सिंहदरबारमा देखियो । कुरा ठूलो थिएन, जम्माजम्मी संसदमा रिक्त महासचिव पदमा कसलाई सिफारिस गर्ने भन्नेमात्रै हो । तर, यसो गरौं भन्दा मिल्दैन, उसो गरौं भन्दा पनि हुँदैन । महासचिव मनोहरप्रसाद भट्टराई पाँच वर्षे पदावधि लागेर आइतबारदेखि अवकासमा गए । त्यसपछि लफडा चल्यो, नयाँ महासचिव सिफारिस र कार्यवाहकका बारेमा । 

नयाँ महासचिव सिफारिसबारे राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिनाले डेढ महिनाअघि सभामुख निर्वाचित अग्नि सापकोटासंग कुरा गर्न चाहेका थिए । अग्निले आइतबार मनोहर अवकास जाने दिन गणेश तिम्सिनालाई बोलाएर भने– ‘साथीहरुले अहिले गोपाल योगीलाई कार्यवाहक बनाउँ भन्नुभएको छ ।’ गणेश बम्किए– ‘यस्तो मनलाग्दी नगर्नुस न कमरेड, सिष्टम हुन्छ, पार्टी छ, सल्लाह गर्नुपर्छ । अन्तिम समयमा यसो गर्ने भइयो भनेर म तपाईंको बोधार्थ बुझ्न बसेको हुँ र ?’

अग्निले सम्झाउन खोज्दा गणेश जुरुक्क उठेर निस्किए । शायद, कानुनमन्त्री र गणेशबीच कुरा भएको हुनुपर्छ । गणेश सभामुखको कार्यकक्षबाट बाहिरिएको केहीबेरमै कानुनमन्त्री शिवमाया तुम्बाहाङफे पुगिन । पुग्नासाथ सोधिन– ‘मैले यस्तो कुरा सुनेको छु । तपाईंले गर्न खोजेको के हो ?’ अग्निले ‘हो’ मात्रै भनेका थिए, शिवमाया रिसाइन । ‘दुई वर्षअघि राजनीतिक नियुक्तिमा सचिव भएका साथीहरु अझै आलाकाँचै छन् । संसद चलाउने जस्तो संवेदनशील कुरा छ । न महासचिव बनाउन उमेर पुग्छ, न क्षमताले भ्याउँछ । तपाईंहरुलाई मन लाग्दैमा हुन्छ ?’ उनले भनिन । 

खासमा पार्टी नेताबीच संसद सचिवालयमा कार्यरत सचिव डा. भरत गौतमको नाम सिफारिस गर्ने सल्लाह भएको रहेछ । संसद सचिवालयमा कार्यरत तीन सचिवमध्ये सबैभन्दा सिनियर पनि उनै हुन । डा. भरतपछि ध्रुव घिमिरे र राजेन्द्र फुयाँल छन् । तर उनीभन्दा पनि सिनियर डा. भरत गौतम भएपछि रोजनाथ चुप लागेर बसे । यस्तो तानातानबीच अर्को व्यवस्था नभएसम्मका लागि गोपाल योगीलाई कार्यवाहक तोकियो । र महासचिवको रुपमा पाउने सबै सेवा, सुविधा उपभोग गर्न पाउने अधिकार एउटा चिठीकै भरमा दिइयो । महासचिवको सिफारिस सभामुख र राष्ट्रियसभा अध्यक्षले गर्ने र राष्ट्रपतिले नियुक्ति गर्ने कानुनी व्यवस्था छ । 

यस्तो भएपछि सभामुखसंग कुरा गर्न सुवास नेम्वाङ पुगे । ‘उमेर नै नपुगेको मान्छेलाई नदिउँ । संसद बुझेको परिपक्व मान्छे चाहिन्छ । फेरि सचिवालयका तीनैजना सचिव यस्तो निर्णयबाट सन्तुष्ट छैनन् । भोलि कसरी काम गर्न सकिन्छ ?’ नेम्वाङको भनाई यस्तो रहेछ । 
राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिनासंग केही साताअघि मात्रै अग्नि सापकोटाको भनाभन चलिसकेको थियो । ‘इन्टरन्याशनल पार्लियामेन्ट्री युनियन’ (आईपीयू)को बैठकमा जानेबारे ।

गणेशले भनेका थिए– ‘तपाईं भर्खरै सभामुख हुनुभएको छ । त्यहाँ संसारभरका सभामुखबीच उभिएर हाम्रो संसदीय गतिविधि र कारवाहीका बारेमा ब्रिफिङ गर्नुपर्छ, त्यसैले म जान्छु ।’ अग्निले भने– ‘तपाईं आफ्नो मर्यादामा बस्नुस् । मेरो काममा इन्टरफेयर नगर्नुस् ।’ गणेशले चर्कदै भने– ‘मलाई मर्यादा सिकाउने ? लु संविधान निकाल्नुस, राष्ट्रियसभा अध्यक्ष कहाँ हुन्छ ? सभामुख कहाँ हुन्छ ? ल, हेरौं ?’

आईपीयूको पूर्वनिर्धारित बैठकको मिति कोभिङ–१९को विश्वव्यापी संक्रमणपछि अनिश्चितकालका लागि सारियो, त्यसैले जाने कुरा सामसुम भयो । त्यसपछि सभामुख र राष्ट्रियसभा अध्यक्षबीच राम्रो सम्बन्ध रहेन । यस्तै मनमुटावबीच अन्तिममा दुईवर्ष अघि माओवादी कोटामा सचिव बनाइएका व्यक्तिलाई अधिकारसहितको कावा दिइयो । यसअघि पनि योगीलाई लामो समयसम्म सचिवमै रोकिएको थियो । आखिर कुरा माओवादी र एमालेको थियो । जनआस्था साप्ताहिक लेख्छ । 

अग्नि सापकोटा गणेश तिम्सिना

संम्बधित खबर

विशेष